काठमाडौं। क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ । क्रिप्टो कारोबार गरेको आरोपमा बिहीबार ललितपुरको जावलाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा केही चिनियाँ नागरिकसमेत छन् । उनीहरूले कल सेन्टर र क्रिप्टो कारोबार गरेको प्रहरीको दाबी छ ।
उनीहरूमाथि स्क्रिनिङ गरेर अनुसन्धान भइरहेको बोगटीले बताए । हाल क्रिप्टोकरेन्सी कारोबारविरुद्ध सीआईबीले विशेष अपरेसन चलाएको छ ।`


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ