काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरूको बिदाइमा खादा तथा माला नल्याउन आग्रह गरेको छ ।
यात्रुले विमानस्थलस्थित आन्तरिक तथा वाह्य टर्मिनल भवन प्रवेश गर्दा बिदाइ स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादाकै कारण विमानस्थलको सुरक्षा उपकरणमा गम्भीर क्षति पुगेको भन्दै ती सामग्री निषेध गरेको हो ।
सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरू (एक्स-रेहरू), कन्भेयर बेल्ट तथा स्केलेटरहरूमा अड्किएर उपकरणहरूलाई गम्भीर क्षति पुर्याएकाले बाहिर देखिने गरी नल्याउन कार्यालयले आग्रह गरेको हो ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला/खादा विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई उडान सुचारु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ