काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका–७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका–११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–८ हात्तिगौडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका छन् ।
पक्राउ मध्ये सुशान्तले २ जना पीडितबाट ८ लाख ४० हजार रुपैयाँ, सल्लउदिनले २ जना पीडितबाट ७ लाख २० हजार रुपैयाँ र राजुले ३ जना पीडितबाट ८ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुशान्तलाई काठमाडौँ कोटेश्वरबाट, सल्लउदिनलाई काठमाडौँ सिनामंगलबाट र राजुलाई काठमाडौँ हात्तिगौडाबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई चित्तल मारेर लैजान लागेका एक जना पक्राउ
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
स्रोत नखुलेको १९ लाख रूपैयाँ सहित दुई जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ
सिंहदरबारस्थित दक्षिण गेट अगाडिबाट ६ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ