काठमाडौ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा शून्य तथा विशेष समयमा सांसदहरूले आफ्ना भनाइ राख्नेछन्।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन- २०८१’ पेश गर्ने कार्यतालिका रहेको छ।
यस्तै, आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक- २०८० माथी छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छन्।
त्यसैगरी शिक्षामन्त्री भट्टराईले नै ‘नेपाल विश्वविद्यालय विधेयक- २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका पनि छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग