काठमाडौ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा शून्य तथा विशेष समयमा सांसदहरूले आफ्ना भनाइ राख्नेछन्।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन- २०८१’ पेश गर्ने कार्यतालिका रहेको छ।
यस्तै, आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक- २०८० माथी छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छन्।
त्यसैगरी शिक्षामन्त्री भट्टराईले नै ‘नेपाल विश्वविद्यालय विधेयक- २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका पनि छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने