बाजुरा पूर्ण खोप जिल्ला

शनिबार, १५ पुस २०७४, १२ : २३
बाजुरा पूर्ण खोप जिल्ला

बाजुरा । बाजुरालाई देशकै ३२औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले घोषणा गरे ।

बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको पहिचान गरिने उनले बताए । कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा राजेन्द्रप्रसाद पोखरेलले पूर्ण खोप घोषणा गर्नु मात्र नभई यसलाई निरन्तरता दिन जरुरी रहेको तर्क गरे ।(रासस)

प्रतिक्रिया दिनुहोस