पोखरा । पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहीबार राती करिब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउपालिक वडा नं.६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोही गाउँपालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् ।
उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ । उनीहरूले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुर अपराधमा पाँच दिनको म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ