काठमाडौ । पछिल्लो नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्म ४५ अर्ब ८० करोड रुपियाँ सङ्कलन भएको हो ।
सडक मर्मत शुल्कबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गरिँदै आएको छ । पेट्रोलियम पदार्थ आयात हुने भन्सार विन्दुमा सो शुल्क उठाउने गरिन्छ । जुन रकम सरकारको खातामा सिधै जम्मा हुने गर्छ ।
निगमका अनुसार सडक मर्मत शुल्कबापत आव २०७२/७३ मा दुई अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै आव २०७३/७४ मा चार अर्ब २५ करोड रुपियाँ, आव २०७४/७५ मा पाँच अर्ब १३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै आव २०७५/७६ मा पाँच अर्ब ७० करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै आव २०७६/७७ मा चार अर्ब ९९ करोड, आव २०७७/७८ मा पाँच अर्ब ७५ करोड, आव २०७८/७९ मा छ अर्ब ४७ करोड सङ्कलन भएको निगमको तथ्याङ्क छ । यस्तै आव २०७९/८० मा पाँच अर्ब ४६ करोड र आव २०८०/८१ मा पाँच अर्ब ५२ करोड रुपियाँ सङ्कलन भएको तथ्याङ्क छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० भदौ २०८१, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
घट्यो पेट्रोलियम पदार्थको मूल्य