विराटनगर । दुई छोरीलाई विष खुवाएर बेपत्ता भएको आशङ्का गरिएकी मोरङ सुन्दरहरैंचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अस्मितालाई प्रहरीले बुधबार बिहान फेला झापा विर्थाकमेडबाट पक्राउ गरिएको हो ।
घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । मोरङ प्रहरीका अनुसार उनको शारीरिक अवस्था कमजोर छ ।
अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केरा बारीमा फेला परेको थियो । आमा भने भेटिएकी थिइनन् ।
अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । उनले नयाँ घर पनि बनाउँदै थिए ।
निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि २ जना छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । प्रहरीले छाेरीलाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ ।
प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर यकिन भईनसकेको प्रहरीले जनाएको छ । दुवै बालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ ।
केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । बालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।डीएसपी बस्नेतले अस्वास्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ