काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज अपराहन्न २ बजेदेखि बस्ने भएको हो ।
सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे विवाद भएपछि आजको लागि बैठक बोलाइएको छ ।
यस अघि शनिबार बुढानिलकण्ठमा पार्टीका पुर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।
सभापति देउवाले अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल
'अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुन्छ'
लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक