काठमाडौ । अब सहकारी संस्थाले संस्थामा आबद्ध सदस्यको पहुँच पुग्ने गरी श्वेतपत्र सार्वजनिक गर्नुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले सबै सहकारी सङ्घसंस्थालाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ ।
विभागले श्वेतपत्रको ढाँचासमेत सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । सहकारी संस्थाका सदस्यले संस्था नै नचिन्ने, संस्था नदेख्ने, सञ्चालकलाई पनि राम्ररी नचिन्ने अवस्थाले गर्दा सहकारीमा समस्या आएको आमगुनासोका आधारमा विभागले यस्तो व्यवस्था गरेको हो ।
सबै सहकारी सङ्घसंस्थाले अनिवार्य रूपमा विभागले उपलब्ध गराएको ढाँचाबमोजिम श्वेतपत्र तयार गर्नुपर्ने छ । आफ्ना सबै सदस्यसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्न निर्देशनमा उल्लेख गरिएको छ । विभागले सबै सदस्यसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट श्वेतपत्र सार्वजनिक गर्न निर्देशन गरेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १६ भदौ २०८१, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय