टाेकियाे। जापानमा बेरोजगारी दर एक महिनाअघिको तुलनामा जुलाई महिनामा बढेको सरकारले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।सञ्चार तथा आन्तरिक मामिला मन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ ।
तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ । विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन