काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी कीभ पुगेका छन् । पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका हुन् । १९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।
मोदीको यस युक्रेन भ्रमणलाई रुस-युक्रेन युद्धसँग जोडेर हेरिएको छ । मोदीले युक्रेनलाई रुससँगको जारी युद्धमा नयाँ सहमतिमा लैजान पहल गर्न सक्ने विश्लेषण गरिएको छ ।रुस-युक्रेन युद्ध शुरु भएपछि विश्वका कैयौं ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् ।
मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । यस क्रममा उनले युक्रेनका राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?