काठमाडौँ । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ ।
सार्वजनिक कार्य योजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने उल्लेख छ ।
यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्याङ्कनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधि सम्मत रूपमा सिर्जित दायित्व यकिन गरी भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ ।
कार्य योजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको अभौतिकीकरण गर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र