उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

रासस

विहीबार, ३१ साउन २०८१, १० : ०९
उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरूको श्रमदानमा रु .२५ लाख लागतमा उक्त पुल निर्माण भएको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिकादेखि ढोरपाटन सिकार आरक्षमा जाने पदमार्गमा निर्माण भएको २५ मिटर लामो उक्त पुलबाट छेन्तुङ, गुर्जाघाट, पाखाथरका बासिन्दाका साथै पर्यटकहरूलाई सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस