काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन पनि उनले माग गरिन् ।
ईयूको कालोसूचीमा पर्नुदेखि अहिले भएका सबै घटनाले हाम्रो नियामक निकाय असफल भइसकेको पुष्टि भएको छ’ उनले भनिन्, ‘अघिल्लो पटक नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक आएको थियो । तर अलपत्र भएको छ ।
उनले प्रधानमन्त्रीलाई यो विधेयक ल्याउन माग गरिन् । जनताको मृत्यु भनेको सत्ताको खेलमा आहुति दिने कुरा नभएको भन्दै उनले हवाई दुर्घटनामा गम्भीर हुन आग्रह गरिन्। उनले हवाई सेवा प्रदायक निकाय र नियामक निकायलाई अलग गराउने कार्य तत्काल होस् भनी माग गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपुर्याऔँ : सांसद गौतम