काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केही हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।नेपाली कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औं स्मृति दिवसका अवसरमा बालकोटमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्याउनुपर्ने उनको भनाइ थियो ।'स्वदेश मै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ । यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ,' उनले भने, 'समाजमा गौरव गर्ने कुरा धेरै छन् ।
केही छैन, भन्ने सोच्नु हुँदैन । आर्थिक समृद्धि र विकासमा केही पनि भएन भन्ने होइन ।'देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिएको उनले बताए ।
'देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिएको छ, यसलाई चिर्नुपर्छ । विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ,' उनले भने ।
महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो
सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछ, गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं : महामन्त्री थापा
कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन : गगन थापा
कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : महामन्त्री थापा
चैतसम्ममा सबै विधेयक पारित गर्न संयन्त्र बनाएर काम गरिरहेका छौं : गगन थापा
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा