काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनास्थलको निरीक्षण गरेका छन् । बिहीबार बिहान उनी नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर पुगेका हुन् । उक्त स्थानमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटना भएको थियो ।
स्थलगत निरीक्षण क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारी पनि उनका साथमा थिए ।
बुधबार नै उनी दुर्घटनास्थलमा जाने तयारीमा थिए । तर, त्यही विषयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक तय गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत हवाई सुरक्षालगायत विषयमा उनले छलफल गर्नुपर्ने भएकाले बुधबार स्थलगत निरीक्षण सम्भव नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सगरमाथा विश्वको गौरव: मन्त्री पाण्डे
‘पर्यटन विकासमा महिलाको नेतृत्व महत्वपूर्ण’: मन्त्री पाण्डे
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे
चार देशमा पर्यटन विस्तारबारे छलफल गरेर पर्यटन मन्त्री पाण्डे स्वदेश फिर्ता
चार देशको भ्रमण पूरा गरी पर्यटनमन्त्री स्वदेश फिर्ता
फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह