काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र युवा ज्योतिष दाबी गर्ने पुस्कर खतिवडालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षिकरणको रिट परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका शीर्ष नेताको यमपूजा गर्दागर्दै उनी सोमबार पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँले साउन १४ गते खतिवडालाई नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालतबाट ३ दिनको म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको हो ।
उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको थियो । उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ।
खतिवडालाई थुनामुक्त गर्न माग गर्दै आवास अधिकारीले सर्वोच्चमा निवेदन दिएका हुन् । सो निवेदन सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको इजलासमा सुनुवाइ हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, ११ : १८
लेखकबाट थप