काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मन्त्रीको एक सय दिनको कार्यप्रगति खोजिने बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्न र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न निर्देशन दिए ।
दिन रात नभनी काम गर्न मन्त्रीहरूलाई उनले निर्देशन दिएका छन् ।'एक सय दिनमा के काम गर्ने हो स्पष्ट भएर अघि बढ्नुहोला, आ–आफ्नो मन्त्रालयले के गर्यो भनेर एक सय दिनमा प्रतिवेदन बनाउनुपर्छ । प्रतिवेदनमा लेखिने कामहरू सन्तोषजनक र चित्तबुझ्दो हुनुपर्छ,' उनले भने ।
यस्तै, प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकाल पुग्नुभन्दा एक हप्ता अगाडि नै राजीनामा दिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री