बुटवल । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या भएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा धारिलो हतियार प्रहारबाट स्थानीय २० वर्षका सूर्यकुमार बढईको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । सूर्यकुमार उमेश बढईको छोरा हुन् ।
सूर्यकुमारको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्ति अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन