काठमाडौ । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज (आइतबार) नेपालका खेलाडीले दुई खेलमा आफ्नो चुनौती प्रस्तुती गर्नेछन्।
ओलम्पिकमा आज नेपाल सहभागी रहेको सुटिङ र पौडीको खेल रहेको छ।
नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे हुने छ।
आजै हुने अर्को खेलमा पौडीमा डुवाना लामाले हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। डुवानाको खेल फ्रान्सेली समय अनुसार दिउँसो १२ः५ मा रहेको छ।
यसअघि शनिबार राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहाल सोझो सेटमा पराजित भएका थिए।
पेरिस ओलम्पिकको ३३ औँ संस्करणमा नेपालबाट ३ पुरुष र ४ महिला खेलाडी गरि ६ खेलका ७ खेलाडी सहभागी छन्।
पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले नेपालको चुनौती दिनेछन्। पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल प्रतिस्पर्धा गर्नेछिन्।
सुटिङकी सुस्मिता नेपालले १० मिटर एयर राइफल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन ४२.१९५ किलोमिटर मा नेपालको चुनौती दिनेछिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, ०७ : ११
लेखकबाट थप