काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एरलाइन्सको विमान दुर्घटना भएको छ। दुर्घटनामा परेका क्याप्टेन मनिष शाक्यको उद्धार भएको छ । अन्य यात्रुहरूको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
बुधबार एयरलाइन्सको एएन एएमपी सीआरजे २०० जहाज ०२ रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो। जहाजमा १९ जना रहेको प्रारम्भिक जानकारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दुर्घटनापछि विमानस्थलका गतिविधि ठप्प भएको छ । कुनैपनि जाहज विमानस्थलमा ल्याण्ड गर्न सकिएको छैन् । अहिले शव संकलन गर्ने काम भईरहेको छ । कम्तिमा पनि १८ जनाको शव निकालिएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने