काठमाडौं। सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।'मेन्टेनेन्स'का लागि पोखरा जाँदै गरेको विमान बुधबार विमान उडानका क्रममा दुर्घटनामा परेको हो ।
विमानमा चालक दलका २ सदस्यसहित १९ जना एयरलाइन्सकै 'टेक्निसियन'हरू सवार रहेको सौर्य एयरलाइन्सका कर्मचारी उमेश आचार्यले जानकारी दिए ।विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार पाइलट एमआर शाक्यलाई रेस्क्यू गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
अन्यलाई पनि रेस्क्युको प्रयास भइरहेको छ ।विमानमा आगो लागेकाले धुवाँको मुस्लो आकाशमा निकै माथिसम्म पुगेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक
यस्तो आयो सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट