काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका-५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने १५ वर्षीय भुपेन्द्र रानाको सोमबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी देशका विभिन्न स्थानमा ५ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।रौतहट, राजपुर नगरपालिका-६ राजपुर बस्ने नजबुल्लाहा मन्सुरीको छोरी १५ वर्षीया चाँदनी खातुन आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनुषा, सबैला नगरपालिका-८ ठिल्ला बस्ने जारिस राईनको छोरा ७ वर्षीय फैजान राईन सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-३ जमुनाघाडीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
बारा, कोल्हबी नगरपालिका-२ ककैया खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।कपिलवस्तु, महाराजगंज नगरपालिका-६ ठुलो बुटहनियामा सोही ठाउँ बस्ने ३० वर्षीया निर्मला कुर्मी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु