सुर्खेत । जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।
मायालक्ष्मी ११ दिनको सुत्केरी हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीका अनुसार बच्चालाई सेक्नका लागि घरमा आगो बालिरहेको रहेछन् । उक्त आगोको धुवाँले निसास्सिएका थिए ।
घाइते अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको कामतीले बताए ।
उनका अनुसार दिदीको सोमबार र बहिनीको मंगलबार बिहान मृत्यु भएको हो । यस्तै ११ दिने बच्चाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चाको आइसियुमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु