काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।
२०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्म उक्त सङ्ख्यामा एनओसी जारी भएको हो ।नेपालीहरूले विभिन्न ६६ देशमा अध्ययन गर्न जान एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका छन् । भने ९४ विषय अध्ययनका लागि एक लाख १२ हजार २६९ जनाले एनओसी लिएका छन् ।
नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले जनाएको छ ।त्यसरी अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन् । जापानका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तै दोस्रोमा क्यानडाका लागि रहेका छन् । क्यानडाका लागि १५ हजार ९८२ जनाले एनओसी लिएका छन् ।
त्यस्तै अस्ट्रेलियाका लागि १४,३७२, युकेका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१ जना, कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन् ।सबैभन्दा बढी जापानिज भाषा पढ्नका लागि एनओसी लिएका छन् । जसमा ३३ हजार ६९७ एनओसी जारी भएका छन् ।
त्यस्तै म्यानेजमेन्टका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थ पढ्नका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी पढ्न ४१०२ एनओसी जारी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्
कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
स्मार्ट ट्याबमा पढ्दै रामतुलसी माविका विद्यार्थी