काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिंह लामालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस बागमती प्रदेशको बैठकले सर्वसम्मत रुपमा संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेशमा सरकार बनाउने निर्णय गरेको हो ।
केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो । यसअघि असार २४ गते नेकपा एमालेले मख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकारलाई दिएको सर्मथन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा छन् र आज विश्वासको मत लिदै छन् ।
सरकार ढल्ने निश्चित रहेकाले कांग्रेसले मुख्यमन्त्रीमा लामालाई अगाडी सारेको हो । ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै