काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना कायमै रहेकोले खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीमा पनि जलसतह बढ्दो हुनेछ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत बढ्दो हुने महाशाखाको अनुमान छ ।
आज सङ्खुवासभा, कास्की, लमजुङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व, अछाम, डोटी, बैतडी, डडेलधुरा र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकाले उच्च सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ ।
यस्तै, सोलुखुम्बु, सिन्धुली, उदयपुर, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवा, गोरखा, चितवन, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, कालीकोट र दार्चुला भई बहने अधिकांश साना नदीमा समेत बहाव बढ्ने महाशाखाको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
नारायणीको बाढीले सुस्तामा आठ घर विस्थापित, ८० जोखिममा
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जल स्तर बढ्यो
बाढीले मध्य पहाडी लोकमार्ग अवरुद्ध