काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ ।
त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।
संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै
काँग्रेसले बोलायो सातै प्रदेश सभापति र मुख्यमन्त्रीको संयुक्त बैठक
काँग्रेसको आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै
लेखा समितिको सभापति कांग्रेसलाई
काँग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा