मुस्ताङ । मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु भएको छ।
नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा शुक्रबार दिउँसो घरपझोङ गाउँपालिका–५ ढुम्बामा दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का अन्दाजी २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ का अन्दाजी २३ वर्षीय रवि दर्लामी मगर रहेका छन्।
स्थानीय कुछप तेरङ्गा गुम्बा परिसरमा नाला खन्ने क्रममा अकस्मात माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।
ठूलो माटोको ढिस्कोमा पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु