मुस्ताङ । मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु भएको छ।
नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा शुक्रबार दिउँसो घरपझोङ गाउँपालिका–५ ढुम्बामा दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का अन्दाजी २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ का अन्दाजी २३ वर्षीय रवि दर्लामी मगर रहेका छन्।
स्थानीय कुछप तेरङ्गा गुम्बा परिसरमा नाला खन्ने क्रममा अकस्मात माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।
ठूलो माटोको ढिस्कोमा पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु