काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारमा स्थानीय र व्यवसायीले अवरोध गरेका छन् । न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो । तर स्थानीय र व्यापारीले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगर प्रहरी परिचालन गरिएको छ ।
यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो । त्यतिबेला पनि न्यूरोडका स्थानीय र व्यापारीहरूले अवरोध गरेका थिए ।
स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो । तर, सडक डिभिजन काठमाडौँले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । त्यसविरुद्ध महानगर उच्च अदालत पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा आज पनि रास्वपाको अवरोध
प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षीद्वारा अवरोध
कुलमान बर्खास्ती प्रकरण : प्रतिनिधिसभामा विपक्षीको अवरोध
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
मुख्य राजमार्गका २० स्थानमा सडक पूर्ण अवरोध