काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। छलफलमा प्रतिनिधि सभाको साउन ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित गर्नेलगायत कुराकानी भएको छ।
‘हामी शुक्रबार पनि बैठक बस्छौं त्यहाँ कार्यतालिका प्रस्तुत हुन्छ, त्यो कार्यतालिकाअनुसार हामी अघि बढ्छौं,’ बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हरेक १५ दिनको कार्यतालिका बनाउने अभ्यास छ। त्यसअन्तर्गत शुक्रबार कार्यतालिका प्रस्ताव गरेर कार्यव्यवस्थाबाट त्यो स्वीकृत हुन्छ।’
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोउत्तर गर्ने कार्यक्रम पनि तय भएको छ। सोही प्रयोजनका लागि गृहकार्यस्वरूप सभामुखले सचेतकहरूसँग छलफल गरेका हुन्।
नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले विश्वास मत लिने सूचना संसद सचिवालयलाई पठाइसकेका छन्।‘हामी प्रत्येक १५ दिनको क्यालेन्डर बनाएर संसद बैठक अघि बढाउँछौं, आजदेखि १५ दिनसम्म कुन-कुन दिन प्रतिनिधि सभा बैठक गर्ने र कुन-कुन दिन समिति बैठक गर्ने निश्चित गर्छौं।’
उनकाअनुसार कुन बैठकमा कुन विधेयक पेस गर्ने भन्ने कार्यसूची पनि तयार गर्न खोजिएको छ।‘साउन ६, ७ र ८ र १३, १४ र १५ गते प्रतिनिधि सभा बैठक बस्ने निर्धारण भएको छ,’ उनले भने, ‘अन्य दिनमा समिति बैठक बस्छ। समितिमा विचाराधीन विधेयकमा छलफल चलाउने कुरा भएको छ।’
उनकाअनुसार संसदीय सुनुवाइ समितिमा सभापति चयन हुन सकेको छैन। सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिमा सभापति चयनलगायत कुरा अघि बढाउनुपर्ने पनि बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य- विधिको शासन र संविधानवाद बाहिर जान नहुने
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
सभामुख र प्रमुख सचेतकबिचको बैठक स्थगित
कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख