काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको बताएका छन् । बुधवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले वेदका ऋषाहरु समेत नेपाल भूमिमै लेखिएको भन्दै पहिलो गुरु, पहिलो दार्शनिक, पहिलो योगी, आदि दार्शनिक पनि यही भूभागका भएको बताए ।
‘कला, संस्कृति, सङ्गीत, गायन, नृत्य र वाद्यवादन लगायतको विकास गर्न सक्ने ठाउँ हो । प्रतिभाहरूको देश हो’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले यस्ता प्रतिभाहरूलाई सम्मानित र प्रशंशित गर्ने काम गरेकोमा छिन्नलता पुरस्कार गुठीलाई धन्यवाद दिए ।कार्यक्रममा आठ जना गीत–सङ्गीतकर्मीलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन