काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका छन् ।नवनियुक्त अधिकारीले पदभार ग्रहण गरेसँगै ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका हुन् ।
सो समितिका अध्यक्ष मन्त्रालयका कृषि सचिव डा. दीपक कुमार खराल , उप अध्यक्षमा मन्त्रालयका पशुपन्छी तर्फका सचिव डा.राजेन्द्र प्रसाद मिश्र छन् ।कृषि मन्त्रालय अन्तर्गतको कृषि विभाग, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिहरूलाई समेत सो समितिमा राखिएको छ ।
सरकारले आर्थिक वर्ष २०८१/८२ देखि लागू हुने गरी ‘कृषि लगानी दशक’ घोषण गरेको छ । सोको कार्यान्वयनका लागि समिति गठन गरेको मन्त्री अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ११ : २१
लेखकबाट थप