निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने नेपाल प्रहरी विश्वकै उत्कृष्ट बन्ने सपनामा

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०७५, १६ : २६
निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने नेपाल प्रहरी विश्वकै उत्कृष्ट बन्ने सपनामा

काठमाडौँ । घटना भएको दुई महिना कटिसक्दा पनि कञ्चनपुरकी निर्मला पन्तको  हत्यारा पत्ता लगाउन नसक्ने नेपाल प्रहरीले विश्वकै उत्कृष्ट प्रहरी बन्ने सपना बोकिरहेको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै  ‘नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्ने सक्ने सम्भावना रहेको बताएका छन् ।  खनालले भने, ‘त्यसका लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्छ ।’ 

खनालले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागी हरहमेसा कटिबद्ध भएर लाग्नुपर्ने बताए । विभागीय नीति र निर्देशनअनुसार जिम्मेवारी पुरा गर्न निर्देशन दिँदै खनालले भने, ‘प्रहरी कर्मचारी आफैं कुनै पनि घट्नाको कारक बन्नु हुँदैन् ।’

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकांक्षालाई पुरा गर्न शान्ति, सम्बृद्धि र विकासका जोड दिएका छन् । ‘शान्ति, सम्बृद्धि र विकासका लागि सुशासनको आवश्यकता छ’ रेग्मीले भने, ‘सुशासन कायम गर्ने क्रममा प्रहरी, सरोकारवाला निकाय र जनता ऐक्यबद्ध भएर लाग्नु अपरिहार्य छ ।’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवन ३ करोड ४६ लाख लागतमा निर्माण सम्पन्न भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस