काठमाडौं। भरतपुर महानगरपालिकाले ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ ।महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमका बीच ती सामग्री हस्तान्तरण गरेकी हुन् ।
महानगरको कृषि तथा व्यवसाय प्रवर्द्धन शाखामार्फत आर्थिक वर्ष २०८०/८१ को कार्यक्रमअनुसार कृषि यान्त्रिकीकरण तथा ढुवानी साधन खरिदमा ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको शाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
अनुदानमा चारवटा ट्याक्टर, छ वटा हाते ट्याक्टर (मिनिटिलर), धान, १२ वटा गहुँ काट्ने मशिन (रिपर) हस्तान्तरण गरिएको हो ।यस्तै धान तथा गहुँ झार्ने मेसिन (थ्रेसर) तीन थान, रोटाभेटर दुई थान, मकै छोडाउने मेसिन (कर्न सेलर) १७ थान, तोरी मिल तीन थान, मकै रोप्ने मेसिन (मेज प्लान्टर) तीन थान, घाँस टुक्राउने मेसिन (च्याफ कटर) आठ थान, राइस मिल दुई थान हस्तान्तरण गरिएको छ ।
मिल्क एनलाइजर छ थान, चिलिङ भ्याट दुई थान, तरकारी खेती गर्ने किसानका लागि बोलेरो दुई थान र तीन पाङ्ग्रे अटो दुई थान हस्तान्तरण गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असार २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान