फेसबुकको दुरुपयोग गर्दै लाइभ आत्महत्या

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०७५, १२ : ४७
फेसबुकको दुरुपयोग गर्दै लाइभ आत्महत्या

प्रतीकात्मक तस्बिर l

चितवन । कालिका नगरपालिका ७ का २५ वर्षीय निश्चल तामाङले आइतबार राति फेसबुकमा लाइभ देखाएर आत्महत्या गरे । नेपालमा यसअघि लाइफ आत्महत्या सुनिएको थिएन । प्रहरीले पनि यो घटनालाई नेपालमा फेसबुक लाइभको आत्महत्यालाई पहिलो भनेको छ ।
तर विश्वमा फेसबुक लाइभको आत्महत्याको रुप वितण्डा नै रहेछ । फेसबुकले सन् २०१६ देखि लाइभ गर्ने सुविधा दिँदै आएको छ । उचित कामको लागि दिइएको फेसबुकको लाइभको दुरुपयोग नेपालमा पनि देखिन थालेको छ । 

निश्चलको लाइभको आत्महत्या यस्तो थियो
राति साढे नौ बजे उनले आत्महत्या गर्ने घोषणा फेसबुकमै गरेको देखिन्छ । बिहान साढे १ बजे आत्महत्या गर्दासम्म सयौँले लाइभ हेरेका पनि भेटिन्छ । मेन्स रुम रिलोडेड जस्ता अनेकौँ फेसबुक गु्रपहरुमा उनलाई बचाउन, प्रहरीलाई फोन गर्न, आफन्तलाई फोन गर्न आग्रह गरिएका थिए तर कसैको केही लागेन आत्महत्या गरी छाडे । 
उनको आत्महत्या परिवारलाई पहिला थाहा भएन । निश्चिलको बुबालाई उसको साथीले राति नै छोराको कोठामा गएर हेर्नु त अंकल भनेपछि बल्ल थाहा पाए परिवारले । त्यतिबेला उनले आत्महत्या गरिसकेका थिए । 
परिवारका अनुसार निश्चल लागूऔषध सेवनकर्ता थिए । तीन महिना अगाडि उनलाई काठमाडौँको सुधार केन्द्रमा लगेर राखिएको थियो । काठमाडौँबाट फर्केपछि चारपाँच दिनदेखि ऊ कोठामा एक्लै बस्दै आएको थियो ।
छोराले आत्महत्या गरेको देखेपछि कोठामा पुगेका बुबाले तत्काल प्रहरीलाई फोन गरेका थिए । प्रहरी पुग्दा कोठामा फोन र रक्सीको बोतल थियो ।​

लाइभअघि भयो यस्तो 
निश्चलले आत्महत्या गर्ने दिन राति ९ बजे म राति १२ बजे लाइभ आउँदैछु, कृपया मेरो लाइभ रेकर्ड गर्नुस् ।‘ त्यो सांकेतिक स्टायटसमा कसैको कमेन्ट थिएन ।  राति १० बजेर १३ मिनेटमा उनले स्पष्ट रुपमै लेखे, ‘तपाईँहरुमध्ये कति जना लाइभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ ?’ यसमा भने उनका फेसबुक साथीहरुले आफ्नै पाराले सम्झाउन खोजेको कमेन्टहरु थिए । 
आत्महत्याको संकेत गर्ने स्टायटस लेखेलगत्तै उनले थप तीन वटा स्टाटस लेखेका थिए । 
– राति ११ बजेर ४७ मिनेटमा ह्विस्की खाँदै उनी लाइभमा बोलिरहन्छन् । 
– मध्यरात १२ बजेर १३ मिनेटमा उनी लाइभमा आउँछन् । मेरी आमाको यो स्कार्फले झुण्डिएर मर्छु भन्दै देखाउँछन् । 
–लाइभ हेरिरहेकाहरुले गरेको कमेन्टमा जवाफ फर्काउँदै उनी भन्छन्न् ‘मेरो समस्या तपाईँहरुले सोचे जस्तो छैन । मर्नु नै मेरो समाधान हो । मेरो मम्मी सुतिसक्नुभएकोले यो निर्णय गर्दैछु । 
– भिडियो लाइभ भइरहँदा कोही आएको जस्तो देखिन्छ । निश्चलको जवाफ हुन्छ, ‘तपाईँ आरामले सुत्नु दुई घण्टाइपछि तपाईँलाई कहिले पनि डिस्टर्ब हुने छैन ।’
– लाइभमा देखाएरै उनी टेबलमा चढ्छन् र स्कार्फको पासो आफ्नो घाँटीमा लगाउँछन् । अनि झुण्डिन्छन् । लगत्तै लाइभ भिडियो काटिन्छ । 
–फेसबुकले झुण्डिएको अन्तिम भिडियो भने उनको प्रोफाइलबाट हटाइसकेको छ ।

फेसबुक लाइभको आत्महत्या फेहरिस्त 
– अमेरिकाको जर्जियामा एक १२ वर्षीया किशोरीले नातेदारले दुर्व्यहार गरेको भन्दै फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेकी थिइन् ।
– जेर्ड म्याकलेमोरले मेम्फिसको एक बारमा फेसबुकमा लाइभ गर्दै आफूलाई जलाएका थिए । 
–अलाबामाका जेम्स एम जेफ्रीले फेसबुकमा लाइभ गर्दागर्दै बन्दूक निकालेर आफ्नो टाउकोमा हानेका थिए । 
– टर्कीका एर्डोगन सेरेनले पनि आफ्नो मृत्युको भिडियो फेसबुकमा राखेका थिए । 
– थाइल्यान्डमा एक युवतीले पार्टनरले धोका दिएको भन्दै आफ्नो ११ वर्षको बच्चालाई झुण्ड्याएका भिडियो उनको पेजमा झण्डै २४ घण्टासम्म रहेको थियो । 

प्रतिक्रिया दिनुहोस