काठमाडौं । बागमती प्रदेशको १३ जिल्लामा कुल १ लाख १४ हजार ५ सय ६१ हेक्टर जमिनमा धानखेती हुने गरेकोमा हालसम्म ४०.१९ प्रतिशत मात्रै रोपाइँ भएको छ।
यस वर्ष मनसुन ढिला सुरु भएकाले रोपाइँ ढिला भएको हो। बागमतीमा बिहीबारबाट मात्रै मनसुन सुरु भएकाले एकातिर बाढी पहिरोको त्रास र अर्कोतिर रोपाइँको चटारो छ। हालसम्म ४६ हजार ४५ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको छ ।
प्रदेशका १३ जिल्लामध्ये दोलखामा सबैभन्दा बढी रोपाइँ भएको छ। दोलखामा २ हजार ८ सय १४ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा यस वर्ष १ हजार ७ सय १७ हेक्टरमा रोपाइँ भएको छ। सबैभन्दा कम रोपाइँ ललितपुरमा भएको छ। जहाँ ४ हजार १ सय ६३ हेक्टर क्षेत्रफलमध्ये ८ सय ३३ हेक्टर अर्थात् २० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट