काठमाडौं । बागमती प्रदेशको १३ जिल्लामा कुल १ लाख १४ हजार ५ सय ६१ हेक्टर जमिनमा धानखेती हुने गरेकोमा हालसम्म ४०.१९ प्रतिशत मात्रै रोपाइँ भएको छ।
यस वर्ष मनसुन ढिला सुरु भएकाले रोपाइँ ढिला भएको हो। बागमतीमा बिहीबारबाट मात्रै मनसुन सुरु भएकाले एकातिर बाढी पहिरोको त्रास र अर्कोतिर रोपाइँको चटारो छ। हालसम्म ४६ हजार ४५ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको छ ।
प्रदेशका १३ जिल्लामध्ये दोलखामा सबैभन्दा बढी रोपाइँ भएको छ। दोलखामा २ हजार ८ सय १४ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा यस वर्ष १ हजार ७ सय १७ हेक्टरमा रोपाइँ भएको छ। सबैभन्दा कम रोपाइँ ललितपुरमा भएको छ। जहाँ ४ हजार १ सय ६३ हेक्टर क्षेत्रफलमध्ये ८ सय ३३ हेक्टर अर्थात् २० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि