काठमाडौं। राष्ट्रिय सभाको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन् ।राष्ट्रिय सभाको असार २० गतेको बैठकमा अपाङ्गता भएका व्यक्तिलाई ‘लुला’, ‘लङ्गडा’ शब्द प्रयोग गरेर उनीहरूलाई अपमानित गरिएको उनले बताए ।
साथै उनले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गरे ।उनले उक्त दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोध गरे ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भए/नभएको निर्क्यौल गरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १४ : २६
लेखकबाट थप