चितवन। नारायणी नदीको नारायणगढ देवघाट क्षेत्रमा जल सतह बढेको छ । शनिबार सबेरैदेखि चितवनमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ ।
चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बिहान १० बजेर ४० मिनेट जाँदा नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको जनाएको छ ।
जल सतह बढ्दो क्रममा रहेको हुँदा नदी तटका बासिन्दालाई सजग रहन प्रशासनले अपिल गरेको छ । साँझसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । चितवनमा पानी रोकिने संकेत देखिएको छैन । शनिबार बिहान साढे ११ बजे नारायणगढस्थित नारायणी पुलमुनी पानीको तह १० दशमलब ७७ मिटर पुगेको छ ।
नारायणगढमा ११ मिटर माथि पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।त्यसैगरी भरतपुर माडी ठोरी हुलाकी सडकमा चल्ने यातायात प्रभावित भएका छन् । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खोलाहरू बढेपछि माडीबाट ठोरी जाने सबै गाडीहरू बन्द भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो