श्रीमतीको हत्या मुद्दामा १० वर्ष कैद सजाए

सोमबार, १५ असोज २०७५, २० : ४३
श्रीमतीको हत्या मुद्दामा १० वर्ष कैद सजाए

भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ ।

अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो ।

राईलाई कतव्र्य ज्यान मुद्दामा जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं बमोजिम १० वर्ष कैदको फैसला गरेको अदालतका ठिठ्ठा खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

राईले गत जेठ १९ गते राति श्रीमती मेनुका राईको पेटमा लात्ती प्रहार गर्दा गम्भीर घाइते भएका उनको गत जेठ २० गते मृत्यु भएको थियो । हर्कबहादुरलाई प्रहरीले जेठ २० गते नै पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस