नयाँ दिल्ली । भारतको आसाम राज्यमा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गए रातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ ।
बाढीबाट २९ जिल्लाका २१ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । राज्यका मुख्य नदीहरू खतराको स्तरभन्दा माथि बगिरहेका छन् । नलबारी जिल्ला सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।
असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले बिहीबार राति बाढीका कारण मृत्यु भएका छ जनामध्ये चार गोलाघाट जिल्लाका रहेको बताएको छ ।
डिब्रुगढ र चिरायदेव क्षेत्रमा एक–एक जनाको मृत्यु भएको छ । राहत एजेन्सीहरूले धेरै क्षेत्रमा राहत कार्य सुरु गरेका छन् ।धेरै ठाउँमा खाद्यान्न वितरण भइरहेको छ र बाढीमा फसेका मानिसहरूलाई राहत शिविरमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असार २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु