नयाँ दिल्ली । भारतको आसाम राज्यमा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गए रातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ ।
बाढीबाट २९ जिल्लाका २१ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । राज्यका मुख्य नदीहरू खतराको स्तरभन्दा माथि बगिरहेका छन् । नलबारी जिल्ला सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।
असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले बिहीबार राति बाढीका कारण मृत्यु भएका छ जनामध्ये चार गोलाघाट जिल्लाका रहेको बताएको छ ।
डिब्रुगढ र चिरायदेव क्षेत्रमा एक–एक जनाको मृत्यु भएको छ । राहत एजेन्सीहरूले धेरै क्षेत्रमा राहत कार्य सुरु गरेका छन् ।धेरै ठाउँमा खाद्यान्न वितरण भइरहेको छ र बाढीमा फसेका मानिसहरूलाई राहत शिविरमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असार २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु