आज हिमानीको शाहको जन्मदिन, निर्मल निवास बन्यो सुनसान

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०७५, १५ : १०
आज हिमानीको शाहको जन्मदिन, निर्मल निवास बन्यो सुनसान

फाइल फोटो

काठमाडौँ : पुर्व युवराज्ञी हिमानी शाहको आज ४२ औं जन्मदिन । उनको जन्मदिनमा निर्मल निवास भने सुनसा बनेको छ ।
पुर्वराजपरिवारले सबै जना सदस्यको जन्मदिनलाई विषेश महत्वका साथ मनाउदै आइरहेका छन् । पुर्वयुवराज पारस शाहबाहेक सबै सदस्यहरु थाइल्याण्ड भएका कारण निर्मल निवास सुनसान बनेको हो ।

थाइल्याण्डबाट हिमानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो जन्मदिनबारे जानकारी दिएकी छन । पूर्व राजा ज्ञानेन्द्र, ज्ञानेन्द्र पत्नी कोमल शाह, पूर्व हिमानी लगायत राजपरिवारका सबैजसो सदस्य भदौ अन्तिम सातादेखि नेपालमा छैनन ।

पूर्व राजा ज्ञानेन्द्र सहित पूर्व राजपरिवार २९ भदौमा थाइल्याण्ड प्रस्थान गरेको थियो । थाइल्इाण्डबाटै श्रीलंका, भारत लगायतका मुलुकको भ्रमणमा जाने पूर्व राजपरिवारको योजना थियो ।

दशैँको हाराहारीमा मात्र पूर्वराजा ज्ञानेन्द्र, युवराज्ञी हिमानी सहित पूर्वराजपरिवार स्वदेश फर्कने योजनामा छ ।
 

प्रतिक्रिया दिनुहोस