काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ ।
सरकारी साक्षीको रूपमा पेस गरिएका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का मकरध्वज पाण्डेविरुद्ध नै आइतबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार नेपालगञ्ज सव-डिभिजन वन कार्यालय, राँझाका तत्कालीन सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर हुँदा पाण्डेलाई सरकारी साक्षीको रूपमा पेस गरिएको थियो ।
तर विशेष अदालतमा पेस गर्दा उनले आफ्नो बयान परिवर्तन गरेका थिए ।पाण्डेविरुद्ध ७ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस