रोजगारी र उच्च शिक्षाको बहानामा नेपालीहरू विदेश पलायन भए : प्रदेश प्रमुख शर्मा

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, १४ : ५८
रोजगारी र उच्च शिक्षाको बहानामा नेपालीहरू विदेश पलायन भए : प्रदेश प्रमुख शर्मा

चितवन। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताएका छन् ।

फोर एच नेपाल नामक संस्थाद्वारा आज चितवनमा आयोजित तेस्रो कृषि युवा नेतृत्व विकाससम्बन्धी सम्मेलनको उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

'रोजगारी र उच्च शिक्षाको बहानामा नेपालीहरू विदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार र सांसद लाग्न जरुरी छ,' उनले भने ।युवालाई कृषि क्षेत्रमा जोड्न सके खाद्यमा परनिर्भरता हट्ने उनले बताए ।

हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रका लागि आवश्यक युवाशक्ति विदेश पलायन हुनु देशका लागि सुखद् नभएको उनको भनाइ थियो ।नयाँ सोच र नयाँ प्रतिबद्धताको आवश्यकता अहिलेको समाजमा रहेको उनले बताए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस