झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेनलाई जमानत

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, १३ : ४४
झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेनलाई जमानत

काठमाडौं। भारतको झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेनले कथित जग्गा घोटालामा जमानत पाएका छन् ।कथित जग्गा घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा झारखण्ड उच्च अदालतबाट उनले जमानत पाएको बीबीसीले जनाएको छ ।

मुख्यमन्त्री चम्पाई सोरेनका निजी सहायक गुरु प्रसादले बीबीसीसँग कुरा गर्दै हेमन्त सोरेन जमानत पाएको पुष्टि गरेका छन् ।अदालतले दुईवटा ५० हजार रुपैयाँ धरौटी बुझाउन पनि आदेश दिएको र आज नै बाहिर ल्याउने प्रयास गरिरहेको उनले बताए ।

सोरेनलाई ईडीले गत जनवरीमा पक्राउ गरेको थियो। अब उनी करिब पाँच महिनापछि जेलबाट बाहिर आउने भएका छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस