काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ ।
जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए ।
एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद