पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स लिमिटेड सम्मानित

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०७५, १९ : १४
पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स लिमिटेड सम्मानित

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।  

आइतबार काठमाडौँमा आयोजित विशेष कार्यक्रमकाबीच माननीय महिला बाल बालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रबन्धक अभिषेक विक्रम शाहलाई प्रदान गर्नुभएको हो । 

राष्ट्रिय अपाङ्ग महासंघले पहिलो पटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्य तीन संघसंस्था सम्मानित भएका छन् । 

प्रतिक्रिया दिनुहोस