काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ
हाडनाता करणी मुद्दामा महिला पक्राउ
बालिकालाई करणी गरेको आरोपमा ५२ वर्षका पुरुष पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अधबैंसे पुरुष पक्राउ