काठमाडौं। बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ ।धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।
गत साता श्री एयरले काठमाण्डौं–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ ।बस्नेतका अनुसार एयरलाइन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ ।धावन मार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए ।
बस्नेतका अनुसार जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ ।
अहिले बुद्धको एटिआर–४२ जहाज काठमाडौं र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौं–भरतपुर दैनिक नौ वटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावन मार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
अब सञ्चालन गर्न लागिएको जहाज एटिआर–७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ । अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ ।
साना जहाज उडान हुँदा एकतर्फी भाडा रु चार हजार सात सय भन्दा बढी छ । ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ ।भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असार २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरले थप्यो काठमाडौं-भद्रपुर उडान
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या
पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा पुग्यो
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट
प्रभु बैंक र बुद्ध एयरबिच छुट सम्झौता